Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मुन्दुम पदमार्गले किराँती र मुन्दुम संस्कृतिको संरक्षण गर्दै पर्यटनमा प्रचुर सम्भावना बोकेको छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे

  •   २ वर्ष अघि | २ माघ २०८१, बुधबार

माघ २, काठमाडौँ । मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्भावना बोकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले बताएका छन्।

मन्त्री पाण्डेले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्दै यो पदमार्गले किराँती र मुन्दुम संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारमा उल्लेख्य योगदान गर्ने  बताएका हुन्।

उनका अनुसार मुन्धुम पदमार्ग कोशी प्रदेशको पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि छ।

कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि हवाइ क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेको पर्यटन मन्त्री पाण्डेले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप