जेठ ३१, काटमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा मोटरबोटको सुरुवात भएको छ । वीरेन्द्रनगरमा रहेको बुलबुले तालमा मोटरबोट सञ्चालनको औपचारिक शुभारम्भ गरिएको हो।
मोटरबोटको
गत वैशाख १२ गतेदेखि परीक्षण सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री
यमलाल कँडेलले औपचारिक मोटरबोटको शुभारम्भ गरेका हुन्।
शुभारम्भ
कार्यक्रममा कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख
गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता
व्यक्त मुख्यमन्त्री कँडेलले गरेका छन ।
- न्युज बहार संवाददाता