असार
२६, काठमाडौँ। मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको
लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास
क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
सोलुखुम्बुबाट
काठमाडौंका लागि उडेको हेलिकप्टर उक्त
स्तानमा दुर्घटना भएको हो। दुर्घटनास्थलमा अहिले असई निराजन बस्नेतको टोली पुगेको कोशी
प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले बताएका छन।
बास्तोलाले
दुर्घटनास्थलमा असई बस्नेत लगायत टोलीले तीन जनाको शव फेला परेको बताएका छन।
उनले भने ‘घटनास्थलमा पुगेका प्रहरीले तीन वटा शव फेला पारेको बताएका छन, घटनास्थलमा स्थानीयहरु पनि छन् फेला परेको शवको पहिचान भइसकेको छैन र अन्य शव खोज्ने क्रम जारी छ।’
आज १० बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँको लागी उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।
- न्युज बहार संवाददाता