Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मनाङ एयरले आफ्नो नयाँ एच १२५ (बिथ्रिई) हेलिकप्टर गर्यो सार्वजनिक

  •   ३ वर्ष अघि | ११ चैत्र २०८०, आइतवार

चैत ११, काठमाडौँ । मनाङ एयरले आफ्नो नयाँ हेलिकप्टर सार्वजनिक गरेको छ।

मनाङ एयरका अनुसार सन् २०२३ मा एयरबस कम्पनीले उत्पादन गरेको एच १२५ (बिथ्रिई) हेलिकप्टर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

कम्पनीको तयारी अनुसार यो हेलिकप्टर दुई सातापछि उडाइने छ भने यो हेलिकप्टर ४७ करोड लगानीमा ल्याइएको हो । कम्पनीका एक अधिकारीले छिट्टै अर्को हेलिकप्टर पनि थप्ने जनाकरी दिएका छन ।

ती अधिकारीका अनुसार यो हेलिकप्टर यही सिजनमा उडाउनका लागि ल्याइएको हो र अबको करिब १५ दिनमा सबै तयारी पूरा गरेर उडानमा आउनेछ । कम्पनिले अर्को सिजनका अक्टोबरसम्मका लागि थप एउटा हेलिकप्टर ल्याउने तयारी गरिरहेका छ ।

यो कम्पनीको जाहाज गत असोजमा सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेपछि जाहाजमा कुनै पनि जाहाज नरहेको अवस्थामा थियो।

 

  • न्युज बहार संवाददाता

थप