Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पाथीभरामा धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने स्थानियको माग

  •   २ वर्ष अघि | २९ माघ २०८०, सोमवार

माघ २९, ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

उनीहरुका अनुसार केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर इलाम, पाँचथर  हुँदै सिङ्गो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने छ । यसैले  पर्यटक विकासका लागी  पाथीभरामा  क्षेत्रमा जति सक्दो छिटो केबलकार निर्माण गर्न उनिहरुले माग गरेका छन ।

यहाँका स्थानीय सरकारका प्रमुखहरुको धारणा अनुसार केबलकारसँगै यहाँ अन्य पर्यटकीय पूर्वाधार निर्माण भए आर्थिक रुपमा समग्र जिल्लालाई फाइदा पुग्ने छ । पाथीभरामा केबलकार निर्माण गर्न सकिएमा आन्तरिक एवं भारतीय धार्मिक पर्यटकका साथै कञ्चनजङ्घा आधार शिविर आउने विदेशी पर्यटकको सङ्ख्या बढ्ने उनीहरुले बताएका छन् ।

अहिले यहाँ देवीको दर्शन गर्न तथा पर्यटकका रुपमा वार्षिक तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक एवं तीर्थालु आउने गरेका छन भने केबलकार बनेपछि कम्तीमा १५ लाखसम्म पर्यटक यहाँ आउने स्थानिय जन प्रतिनिधीहरुले जनाएका आकलन गरेका छन ।

  • न्युज बहार संवाददाता

थप