वैशाख १०, काठमाडौँ । यतिबेला विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पर्यटकले भरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका अनुसार गएको सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका छन ।
सोमबार छ
सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएको निकुञ्जका
रेञ्जर विवेक श्रेष्ठले जनाएका छन । रेञ्जर श्रेष्ठका अनुसार छ सय आठ विदेशी र ८६
जना नेपाली पर्यटक सोमबार खुम्बु क्षेत्र प्रवेश गरेका छन । नाम्चेको यात्रामा छ
सय ५२ विदेशी र एक सय ५१ जना नेपाली रहेको उनले बताएका छन ।
सगरमाथा
आरोही तेम्बाछिरी शेर्पाका अनुसार वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले
होटलमा बास पाउन समेत मुस्किल भएको जनाएका छन । तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले
मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या
बढेको जानकारी दिएका छन ।