Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हिमालय एअरलाइन्सद्वारा काठमाडौँ–चोङकिङ–काठमाडौँको उडान सुरू

  •   ३ वर्ष अघि | २६ मंसिर २०८०, मङ्लबार

मंसिर २६, काठमाडौँ । काठमाडौँ–चोङकिङ–काठमाडौँको नयाँ रुटमा हिमालय एअरलाइन्स्ले उडान सुरू गरेको छ। 

एयरलाइन्सका अनुसार १२ डिसेम्बरदेखि  लामो समयदेखि प्रतीक्षामा रहेको उडान सुरू गरिएको जनाएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार एयरलाइन्सले पहिलो उडान बिहान १०:०७ मा गरेको थियो भने विमानले चोङ्किङ्को जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँको स्थानीय समयअनुसार साँझ १५:५० बजे उडान अवतरण गरेको जनाएको छ ।

यस उडानको उडान अवधि ३ घण्टा १४ मिनेट रहेको थियो । यस पहिलो उडानमा एक सय २५ यात्रु रहेका छन्। त्यहाँको स्थानीय समयअनुसार चोङकिङबाट अपराह्नको ४:२५ बजे काठमाडौँका लागि उडेर काठमाडौँमा साँझ ६:३५ मा अवतरण भएको एयरलाइन्सले जनाएको छ ।

हरेक मंगलबार र शनिबार यो रूटमा गरी सातामा दुई पटक उडान हुनेछ।

  • न्युज बहार संवाददाता

थप