Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटकलाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला

  •   २ वर्ष अघि | १२ पुस २०८१, शुक्रबार

पुस १२, बाँके । निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीका अनुसार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला भएको छ।

बाघ देखिने ठाउँ पहिचान गरी निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर सफारी खुला गरिएको छ ।

निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश दिइने छैन । जंगल सवारीमा एकपटकमा बढीमा १० जनाले जंगल सफारी गर्न मिल्ने बताइएको छ ।

एक पटकका लागि सवारीधनीले दुई हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने जनाइएको छ ।

निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट सफारी गर्नका लागि टिकटको व्यवस्था समेत मिलाइएको सूचना अधिकारी पंगेनीले बताएका छन ।

पर्यटकले यस सफारीमार्फत निकुञ्ज क्षेत्रमा दुर्लभ पाटेबाघसहित त्यसका आहारा प्रजातिका चौका, चित्तल, बँदेल लगायतका वन्यजन्तु अवलोकन गर्न सक्नेछन्।

 

  • न्युज बहार संवाददाता

थप