Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘जन्तिधुङ्गा’ नयाँ पर्यटकीय गन्तव्यको रूपमा लोकप्रिय बन्दै

  •   ११ महिना अघि | ११ भदौ २०८२, बुधबार

भदौ ११, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका१२बाँसडोलमाथि अवस्थित जन्तिधुङ्गाहालै काभ्रे जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा लोकप्रिय बन्दै गएको छ। बजारको धुलो, ध्वनि र प्रदूषणबाट टाढा शान्त वातावरणमा रहेको यो स्थान प्राकृतिक सुन्दरता खोज्नेहरूको आकर्षणको केन्द्र बन्दैछ।

हरियाली रमाइलो गर्ने र रमणीय दृश्यमा टिकटक भिडियो बनाउने उद्देश्यले यहाँ आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। बनेपाबाट जन्तिधुङ्गा घुम्न आएका स्थानीय बासिन्दा यहाँ आएर हावा महसुस गर्नु, डाँडामा हिँड्नु र सुन्दर दृष्य अवलोकन गर्नु अझ रमाइलो र सन्तोषजनक रहेन बताउँछन ।

स्थानीयका अनुसार, जन्तिधुङ्गा भौगोलिक दृष्टिले मात्र होइन, धार्मिक र सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण स्थल हो। परम्परागत कथनअनुसार, जब बेथानचोक नारायणले पञ्चकन्या देवीसँग विवाह गर्ने आफ्नो वाचा पूरा गर्न सकेनन्, त्यस विवाहका लागि आएका जन्तीहरू दुलाहा सहित सबै ढुंगामा परिणत भएका थिए। यही आधारमा यस स्थानको नाम जन्तिधुङ्गा रहन गएको विश्वास गरिन्छ।

भीत्तामा अड्किएको ढुंगा अवलोकन गर्नका लागि अहिले त्यहाँ एउटा सिँढी निर्माण गरिएको छ। साथै, वडाकार्यालयले जन्तिधुङ्गाको माथिल्लो समथर स्थानमा बुद्धको मूर्ति स्थापना गर्ने र त्यहाँ पुग्नको लागि अर्को सिँढी निर्माण गर्ने योजना बनाइरहेको छ।

पर्यटकहरूको संख्या बढेसँगै स्थानीयहरूले साना पसलहरू सञ्चालन गरी आम्दानी गर्न थालेका छन्। मानिसहरूको आवागमन बढेपछि स्थानिय व्यवसायीहरूले दैनिक रु १,५०० देखि रु ५,००० सम्मको व्यापार गर्न थालेका छन्।

जन्तिधुङ्गा पुग्नको लागि बनेपा बजारबाट करिब ९ किलोमिटरको यात्रा गर्नुपर्छ। यात्राको क्रममा जंगल, भैंसेपाटी, बानसडोल हुँदै बुढा गणेश मन्दिरको पनि हवलोकन गर्न सकिन्छ। 

थप