Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महाकुम्भ मेलामा ३० लाख पर्यटक आउने आकलन

  •   २ वर्ष अघि | १५ चैत्र २०८०, बिहिबार

चैत १५, सुनसरी । यही चैत्र २७ गतेदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले यसपटकको  मेलामा ३० लाख पर्यटक आउने आकलन गरेका छन । सोहीअनुरुप व्यवस्थापन समितिले थालिएको जनाएको छ ।  

आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख पर्यटक आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप