Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथाको फेदीमा मनाइने

  •   २ वर्ष अघि | १० बैशाख २०८१, सोमवार

बैशाख १०, काठमाडौँ  । सर्वोच्च शिखर सगरमाथाको फेदीमा सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले सगरमाथा क्षेत्रमै आउँदो जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने तयारी भइरहेको जानकारी दिएका छन । 

उनले मन्त्रालयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको बताएका हुन ।

यद्यपि, मन्त्रालयले सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको जनाएको छ । पर्यटनमन्त्री तामाङको संयोजकत्वमा दिवसलाई भव्य रुपमा सफल पार्न मुल समारोह समिति गठन गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप