साउन २८, काठमाडौँ । मौसम खराबीका कारण त्रिभुवन विमानस्थलका आन्तरिक र बाह्य उडानहरु प्रभावित भएको छ ।
दिल्लीबाट काठमाडौँ आइरहेको एयर इण्डियाको जहाज काठमाडौँ आउने सबै रुटको मौसम खराबीका कारण नयाँ बनारस डाइभर्ट गरिएको छ । उक्त जहाज बनारस अवतरण गरी पुनः काठमाडौँ आइरहेको हो ।
त्रिभुवन विमानस्थल कार्यालयले चीनबाट आइतबार काठमाडौँ आउने क्रममा रहेका एयर चाइना र सिचुवान एयरलाइन्सका दुई उडानसमेत प्रतिकुल मौसमका कारण रद्द गरिएको जानकारी गराएको छ ।
यसैगरी अन्तरिक तर्फका उडान पनि प्रभावित भएको छ ।
- न्युज बहार संवाददाता