मंसिर २४, पोखरा । पर्यटकीय नगरी पोखरामा अंग्रेजी
नयाँ वर्षको अवसरमा आयोजना हुने ‘२५ औं पोखरा सडक महोत्सव’मा अनलाइनबाट टिकट काट्न सकिने व्यवस्था
गरिएको छ । २८ डिसेम्बरदेखि १ जनवरी अर्थात पुस १२ गतेदेखि १६ गतेसम्म महोत्सव सम्म
चल्ने छ ।
पहिलो पटक
आयोजकले महोत्सव आयोजनाको २५ औं वर्षको अवसर पारेर अनलाइनबाट टिकट काट्न पाउने
व्यवस्था गरेको हो ।
रेवान
पोखराका अध्यक्ष नरेश भट्टराईले साँस्कृतिक कार्यक्रमका लागि खल्ती एपबाट टिकट
काट्न मिल्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन । अध्यक्ष भट्टराईले भने ‘खल्ती एपसँगै विदेशी कार्डहरुबाट
पनि आफन्त तथा साथीभाइका लागि टिकट काट्न सकिन्छ।’ भट्टराईका अनुसार अनलाइनबाट टिकट
काट्दा केही सस्तो हुने र दर्शकले कार्यक्रम आयोजना हुने स्थानबाट सोझै टिकट
काट्दा मूल्य बढी लाग्न सक्ने छ ।
पर्यटकहरुले
महोत्सवमा सहभागी हुन पोखरा आउँदा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि
लिन पाउने व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका चर्चित
कलाकारहरुको महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुती रहने छ भने रीमा
विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नेछिन् ।
डिसेम्बर
३० तारिखमा मुक्ती एन्ड रिभाइबल ब्यान्डको प्रस्तुति रहनेछ भने न्यू इयर इभमा द
एलिमेन्ट्स ब्यान्ड र र्यापर लाउरेको प्रस्तुति रहनेछ ।
त्यसैगरी, ‘मन मगन’ फेम गायक दीपक बज्राचार्यले डिसेम्बर
२९ तारिखमा दर्शकलाई झुमाउनेछन् ।
रेवान
अध्यक्ष नरेश भट्टराईका अनुसार यो पटक महोत्सवको रजत वर्ष भएकाले विगतको भन्दा
विशेष हुने छ ।
- न्युज बहार संवाददाता