भदौ २८, काठमाडौँ । हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा भएको छ । हट एयर बेलुनले वर्षायाम सुरु भएसँगै सेवा बन्द गरेको थियो ।
बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएका छन । सेप्टेम्बरदेखि दुई वटा बेलुन प्रयोग गर्ने पनि कम्पनीले जनाएका छ । कम्पनीले यसअघि एउटामात्र बेलुनबाट सेवा दिँदै आएको थियो ।
हट एयर बलुनमा उडेर पर्यटकले पोखराको दृश्यावलोकन गर्ने व्यवस्थआ रहेको छ ।
- न्युज बहार संवाददाता