मंसिर ५, काठमाडौँ । आगामी बिहीबार (२३ नोभेम्बर) मा हिमालय
एयरलाइन्सले कुनमिङ-पोखरा चार्टर उडान गर्ने भएको छ।
नेपाल
नागरिक उड्डयन प्राधिकरणका अनुसार एयरलाइन्सले पोखरामा आगामी शनिबार आयोजना हुने
दोस्रो अन्तर्राष्ट्रिय माउन्टेन कन्ट्री क्रस (मैत्रीपूर्ण दौड प्रतियोगिता)लाई
लक्षित गर्दै चार्टर उडान गर्न लागेको हो ।
हिमालयन
एयरलायन्स चार्टर उडान गरी प्रतियोगितामा सहभागी हुन खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक
सय चार जना चिनियाँ पोखरा आउने छन्।
उक्त
प्रतियोगिता नेपालका लागि चिनियाँ राजदूतावास काठमाडौँ, नेपाल पर्यटन बोर्ड,
पोखरा
महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर
स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन पोखरा सहआयोजना आयोजना हुन लागेको हो।
- न्युज बहार संवाददाता