Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शनिबारदेखि हिमालय एयरलाइन्सले सुरु गर्यो काठमाडौँ–सांघाई उडान सेवा

  •   ३ वर्ष अघि | १७ मंसिर २०८०, आइतवार

मंसिर १७, काठमाडौँ । शनिबारदेखि हिमालय एयरलाइन्सले काठमाडौँ–सांघाई–काठमाडौँ उडान सेवा सुरू गरेको छ।

एयरलाइन्सको योजना अनुसार काठमाडौँ–सांघाई उडान सेवा हप्तामा दुई पटक उडान सेवा विस्तार गरिने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो आउटबाउन्ड उडान स्थानीय समय अनुसार बिहान ९:५० मा प्रस्थान गरेको थियो भने सांघाइको सांघाई पुडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ४:३१ बजे अवतरण गरेको थियो ।

यस उडानको अवधि ४ घण्टा ७ मिनेटको रहेको थियो । यस पहिलो उडानमा कूल यात्रु संख्या एक सय अठतिस रहेको थियो।

एयरलाइन्सको योजना अनुसार डिसेम्बर २०, २०२३ देखि हरेक बुधबार र शनिबार गरी हप्तामा दुई पटक उडान सेवा विस्तार गरिनेछ । 

  • न्युज बहार संवाददाता

थप