जेठ
७, काठमाडौँ। पूर्व ब्रिटिस गोर्खा सैनिक रहेका हरि बुढामगरले विश्वको सर्वोच्च
शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
उनी
शुक्रबार दिउँसो ३ बजेको समयमा सगरमाथाको चुचुरोमा पुगेका हुन्। यस आरोहणसँगै हरि
बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो घुँडा माथि दुबै अंगबिच्छेद (डबल एम्प्युटी एभोब नी) भएका व्यक्तिको विश्व रेकर्ड समेत कायम
गरेका छन्।
बुढामगरले आफ्नो दुबै खुट्टा नभए पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन्।
करिब ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।
- न्युज बहार संवाददाता