जेठ ४, काठमाडौँ । माउन्टेन फ्लाइटमार्फत नेपाली विज्ञहरूको टोलीले सगरमाथा सहितका हिमालको अवलोकन गरेका छन् ।
माउन्टेन
फ्लाइटमार्फत सगरमाथा संवादका लागि आएका पाहुनालाई हिमालहरूको अवलोकन गराइएको हो ।
२४ जना
विदेशी सहितको टोलीले आइतबार बिहान माउन्टेन फ्लाइटमार्फत सगरमाथासहित चोयु, शिसापाङ्मा, ल्होत्से, अमादब्लम, मकालु, गौरीशंकर, लाङटाङ लगायत हिमालहरूको अवलोकन
गरेका हुन् ।
माउन्टेन
फ्लाइटको नेतृत्व वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गरेका थिए । यस माउन्टेन
फ्लाइटको उद्देश्य विदेशी पाहुनालाई नेपालमा जलावायु परिवर्तनले देखिएको असरबारे प्रत्यक्ष
अवलोकन गराउनु रहेको छ ।
- न्युज बहार संवाददाता