वैशाख ३०, काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले हप्ताको तीन पटक उडान गर्न थालेको छ।
रेसुङ्गा
विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार यसअघि जहाज अभावको कारण हप्तामा एक
दिन (बिहीबार) मात्रै उडान हुने गरेको थियो भने अब तीन दिन उडान हुने भएको छ।
थापाका अनुसार अब हप्तामा
तिन दिन आइतबार, मंगलबार र बिहीबार उडान हुने भएको छ। यो विमानस्थलमा २०८० वैशाख
महिनाबाट व्यवसायिक उडान सुरू भएको थियो।
- न्युज बहार संवाददाता