माघ ३, तेह्रथुम
। लामो समयपछि हल्का वर्षा भएसँगै सङ्खुवासभा,
तेह्रथुम, ताप्लेजुङको सङ्गमस्थल
तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेर
सेताम्मे भएको छ । उक्त पर्यटकीय क्षेत्रलाई गुराँसको राजधानी भनेर पनि चिनिने
गरेको छ भने याहाँ गत भदौदेखि वर्षा नभएको बताइएको छ । मङ्गलबार साँझमा सो
क्षेत्रमा वर्षा भएसँगै हिउँ परेको हो ।
फेदी, तीनजुरेडाँडा, मङ्गलबारे र गुफा पोखरीका साथै पाथीभरा
मन्दिर परिसर हिउँले
सेताम्ये भएका छन् । बर्सेनि यस क्षेत्रमा गुराँसका जङ्गल र नागीहरू हिउँले
ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन ।
मौसम खुलेको समयमा यस क्षेत्रबाट मकालु र कुम्भकर्ण, कञ्चनजङ्गा
हिमाल
देख्न सकिन्छ भने यी क्षेत्रका गुफापोखरी, खोपिङ पोखरी र पाँचपोखरीमा ती हिमालका
प्रतिविम्ब देख्नसकिन्छ ।
तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीका अनुसार हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल ‘बुकिङ’ गरिरहेका छन त्यसैले अहिले उनी लगायत होटल सञ्चालकलाई व्यवस्थापनमा भ्याइनभ्याइ परेको छ ।
कार्कीका
अनुसार हिउँ पर्ने याममा सुनसरी, मोरङ, झापा र भारतका बिहार, सिक्किम, पश्चिम बङ्गाल र दिल्लीबाट
पर्यटक आउने गरेका छन ।
- न्युज बहार संवाददाता