पुस २०, ताप्लेजुङ। ताप्लेजुङस्थित
प्रसिद्ध तीर्थस्थल पाथीभरासहित आसपास क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको छ । त्यस
क्षेत्रमा हिमपात भएसँगै चिसो अत्यधिक बढेर जनजीवन प्रभावित बनेको छ । पाथीभरा
धाम ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित रहेको छ । यहाँ सामान्यतया हरेक वर्ष यो अहिलेदेखि
चैतसम्मै बेला बेलामा हिमपात हुने गरेको छ ।
चिसो निकै बढेपछि र हिमपात हुन थालेपछी पाथीभरा जाने तीर्थयात्रुहरुको सङ्ख्यामा कमी आएको छ । चिसो बढेपछि पाथीभरा दर्शन र पूजा अर्चना गर्न जाने सीमित सङ्ख्याका तीर्थयात्रीहरू समेत प्रभावित भएका छन् ।
मन्दिर क्षेत्रमा बाक्लो हिउँ परेको र आसपासका बस्तीहरूमा पनि सामान्य हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताएका छन ।
- न्युज बहार संवाददाता