Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान

  •   ३ वर्ष अघि | २० कार्तिक २०८०, सोमवार

कार्तिक २०, कोहलपुर । पहाडी जिल्लामा राँझा विमानस्थलबाट जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि आपतकालीन उडान भइरहेका छन् । नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले विमानस्थलबाट शनिबारदेखि आपतकालीन उडान भरिरहेका छन् । 

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेको छ ।

सोही क्रममा आइतबार विमानस्थलमा भारतीय वायुसेनाको जहाज अवतरण गरेको छ । ११ टन भन्दाबढी आपतकालीन राहत सामग्री उक्त जहाजले ल्याएको थियो । उक्त जहाजमा कम्बल र सुत्ने डस्ना, त्रिपाल, झोला तथा आवश्यक औषधि, भेन्टिलेटर, पोर्टेबललगायत सामग्री रहेका छन् ।

भूकम्प प्रभावित जिल्लाका बस्तीसम्म उक्त जहाजले ल्याएको आपतकालीन सामग्रीलाई सेनाको हेलिकप्टरमार्फत पुर्याइने छ । विमानस्थल कार्यालयले घाइतेको उपचार र राहत सामग्री ढुवानीका लागि केही दिनसम्म आपतकालीन उडान भर्नुपर्ने भएकाले विमानस्थलमा उडानको चाप रहेको जनाएको छ । अहिले दैनिक हेलिकप्टर र जहाजले घाइतेको उद्धार र राहत सामग्री बोक्न उडान भरिरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप