Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दशैंको समयमा २० हजारले घुमे चितवन राष्ट्रिय निकुञ्ज

  •   ३ वर्ष अघि | १२ कार्तिक २०८०, आइतवार

कार्तिक १२, चितवन । वडा दशैंको समयमा चितवन राष्ट्रिय निकुञ्जले १ करोड ८५ लाख राजश्व संकलन गरेको छ।

दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपाली, सार्क देश, विदेशी तथा निकुञ्जमा चल्ने जीपबाट १ करोड ८५ लाख ४४ हजार ९ सय ५० राजश्व संकलन गरेको निकुञ्जका सूचना अधिकारी गोविन्दप्रसाद तिवारीले जनाएका छन।

निकुञ्ज भ्रमणका लागि पर्यटकहरु कसरा, सौराहा, माडी, मेघौली, कुजौली र अमलटारी (नवलपरासी) बाट जीप तथा जाने गर्दछन् । यो अवधिमा सार्क देशका ७७९, नेपाली १३ हजार २ सय ३३ र विदेशी ६ हजार ४८  गरी २० हजार ६० पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी तिवारीले बताएका छन ।

७३७ पटक पर्यटक बोक्ने जीप निकुञ्ज भित्र प्रवेश गरेका थिए । जीपबाट मात्रै निकुञ्जले ३६ लाख ८५ हजार राजश्व संकलन गरेको छ । सौराहा सेक्टरबाट निकुञ्ज भ्रमण गर्नेमा सबैभन्दा बढी पर्यटक छन् । निकुञ्ज भ्रमणमा यहाँबाट मात्रै १७ हजार ६ सय ३७ पर्यटकले गएका थिए ।

  • न्युज बहार संवाददाता

थप