चैत २७, पोखरा । केही दिनदेखि बिग्रिएको
मौसमका कारण पर्यटकिय नगरी पोखरा यतिबेला डम्म तुवाँलोले ठाकेको छ । पोखरामा अहिले
ह्वात्तै बढेको वायू प्रदूषणले त्याहाँको जनजिवन प्रभावित भएको छ । अहिले पोखराको
अधिकांश मानिसमा रुघाखोकी र श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । अहिले
पोखराका अस्पतालहरु यस्तै समस्याका बिरामीहरुले भरिएका छन ।
प्रदूषित
हावा र तुँवालोले पोखराको नजिकैका डाँडाहरूसमेत ठाकिएका छन । सबै शहर नै डम्मै
ढाकिएको छ । प्रदूषित हावाले शहर ढाकिँदै जाँदा यहाँबाट देखिने हिमशृंखला पनि
छेकिएका छन् । अहिले यहाँका तालहरू पनि एक छेउबाट अर्को छेउ सम्म देखिने अवस्था
छैन । प्रदूषणका कारण पोखरा घुम्न आउने पर्यटक पनि खिन्न बनेको ट्रकिङ एजेन्सिज
एसोसिएसन अफ नेपालले जनाएको छ ।
अहिले पोखरमा
पर्यटक नै नरमाएका स्थानियहरुले जनाएका छन । पर्यटकहरु बाहिर निस्किए पनि
धुलोधुँवाले पोखरा ढाकिँदा दृश्यावलोकनसमेत गर्न नपाएको गुनासो गरेका छन । अहिले वातावरण
नै त्यस्तो बन्यो कि यहाँको मजा नै कसैले लिन सकेका छैनन । ट्रेकिङमा निस्कन, सिटी टूर गर्न पनि नमिल्ने अबस्था
छ ।
पोखरा
आसपासका काहुँडाँडा, लभ्ली हिल, रानीवन, निर्मलपोखरी
लगायतका डाँडाहरुसमेत तुँवालोले छेकेको छ ।
- न्युज बहार संवाददाता