भदौ ११, काठमाडौँ । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ड्रुकले २३ भदौ (९ सेप्टेम्बर) का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको र यो चार्टर्ड उडान हुने जानकारी दिएका हुन ।
भुलका अुनसार यो जहाज पोखराबाट पारो नै उड्नेछ भने यही चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको समेत आश्वासन दिएको छ ।
- न्युज बहार संवाददाता