जेठ १८, पोखरा। पोखराको फेवातालमा 'ड्र्यागन बोट रेस फेस्टिभल' हुँदैछ।
पोखरामा पहिलोपटक हुन लागेको 'ड्र्यागन बोट रेस फेस्टिभल' का
लागी पोखरा
अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी साउन ६ र ७ गते (जुन २२ र २३) चीनका लागी नेपाली
दुई एयरलाइन्सले चार्टर्ड उडान गर्ने भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी दुई उडानमार्फत चीनबाट डेढ सयभन्दा बढी पर्यटक ल्याइने बताएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यो फेस्टिभलमा डुंगाहरूको प्रतिस्पर्धा हुन र यसका लागि चीनबाटै ८ वटा विशेष किसिमका ड्र्यागनको आकृति भएको डुंगा पनि ल्याइने व्यवस्था गरिएको छ।
अधिकारीले भने ‘यो फेस्टिभल नेपालमै पहिलो पटक पोखराको फेवातालमा गर्न लागिएको हो, यसमा डुंगा चलाउने प्रतिस्पर्धा हुनेछ, यसको मुख्य उद्देश्य भनेकै पर्यटन प्रवर्द्धन गर्नु हो।'
- न्युज बहार संवाददाता