Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालदेखि ल्हासा सिधा हवाई उडान सुरु, पर्यटनमन्त्रीद्वारा उद्घाटन

  •   ३ वर्ष अघि | १२ पुस २०८०, बिहिबार

पुस १२, काठमाडौँ । नेपालदेखि ल्हासा सिधा हवाई उडान सुरु भएको छ । बिहीबारदेखि हिमालयन एयरलाइन्सले काठमाडौँबाट लासा नियमित उडान सुरु गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाडौँ–ल्हासा उडान उद्घाटन गरेका छन । उद्घाटन गर्दै उनले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रुपमा स्थापित भएको बताएका छन ।

'सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान अब दोस्रो प्रमुख सेतु हुनेछ’, उनले भने ‘प्रति वर्ष तिब्बतको ल्हासामा लगभग १ करोड पर्यटकहरू घुम्न आउने गर्छन् जसमध्ये ठुलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरू हुन्छन त्यसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठुलो टेवा पुग्छ।'

यससँगै हिमालाइन एयरलाइन्स ल्हासामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप