Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘महगाउँ’को रुपमा चिनिदैँ दगाम गाउँ, नयाँ पर्यटकीय गन्तव्य बन्दै

  •   ३ वर्ष अघि | ३२ जेष्ठ २०८०, बिहिबार

जेठ ३२, तनहुँ। गण्डकी प्रदेशको शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ । यस गाउँमा जम्माजम्मी २३ घर रहेका छन्। तीन घरमा गुरुङ र बीस घरमा मगर जातिको बसोबास रहेको छ ।  

यो गाउँको २३ वटै घरमा मौरीका घार रहेका छन् । यहाँ पालिएको मौरीको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ ।

पछिल्लो समयमा त दगाम गाउँको नयाँ पहिचान नै मह गाउँ बन्न पुगेको छ । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका धौलागिरि, अन्नपूर्ण, मनास्लुसहित माछापुच्छ्रे लगायत हिम हिमालसँग नाङ्गा आँखा जुधाउन सकिनु यहाँको विशिष्टता हो ।

पूर्व, पश्चिमतर्फ र दक्षिण ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यसमेतले यहाँवाट देक्न सकिने हुनाले यस स्थलको पर्यटकीय महत्व चुलिएको छ । 

स्वच्छ हावापानी, प्राकृतिक सौन्दर्य, मौलिक लोक संस्कृति, जैविक खाना, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन् । 

हाइकर्स क्लब नेपालले मह गाउँकै रुपमा बढ्दै गएको चर्चासँगै आफ्नो ३५ औँ शृङ्खला दगाममा सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिएका छन ।

उनले भने ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ मूल नाराका साथ विगत तीन वर्षदेखि सञ्चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौँ।

रानाभाटले प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई एक दिने हाइकिङका माध्यमबाट पवर्द्धन गर्ने गरिएकोमा यस पटक दगामलाई छनोट गरिएको उनले बताएका छन।

दगाम गाउँमा रहेको सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्चल र सहयोगी भावनालाई यसअघि सुन्ने मात्र गरिएकोमा अब पुगेरै प्रत्यक्ष अनुभव गर्नुपर्ने छ।  

दगाम शुद्ध महका लागि पनि पुग्नै पर्ने गन्तव्य मध्ये एक हो। हिमाली एवं पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको छ ।

थप