Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धार्मिक पर्यटकीयस्थलमा फुटपाथसहितको अपाङ्गमैत्री सडक निर्माण

  •   ३ वर्ष अघि | २ चैत्र २०८०, शुक्रबार

 

चैत २, म्याग्दी । धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथ  सहितको अपाङ्गमैत्री तथा पक्की सडक निर्माण भएको हो । स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई फुटपाथ सहितको सडक तथा अपाङ्गमैत्री मार्गको निर्माण भएपछि कालीगण्डकी नदीमा पुग्न र स्नान गर्न सहज हुने भएको छ । 

पाँच मिटर चौडाइ भएको १२५ मिटर लामो सडक ढलान सम्पन्न भएको गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी जाने बाटो निर्माण समितिका अध्यक्ष बमबहादुर पुनले जानकारी दिएका हुन । उनका अनुसार सडकको डिलतर्फ रेलिङ र स्लेट ढुङ्गा बिछ्याएर पैदलमार्ग बनाइएको छ  भने साँघुरो र उकालो ग्रेड नमिलेको सडकलाई पर्खाल बनाएर, भित्ता काटेर फराकिलोका साथै ग्रेड समेत मिलाइएको छ ।

यसरी पक्की सडक बनेपछि गलेश्वरको सभाहल र खेलमैदान सम्म सवारी साधन लैजान सकिने भएको छ ।  

  • न्युज बहार संवाददाता

थप