Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चोभारमा सञ्चालनमा आयो 'क्यानोपी जिपलाइन'

  •   ३ वर्ष अघि | १ पुस २०८०, आइतवार

पुस १, काठमाडौँ । 'क्यानोपी जिपलाइन' काठमाडौँको चोभारस्थित मन्जुश्री पार्कमा  सञ्चालनमा आएको छ। कुल लम्बाई करिब ४ सय मिटर रहेको जिपलाइनमा तीन चरण गरेर खेल्न पाइने छ। करिब १० मिनेट सबै चरणको जिपलाइन खेल्न लाग्छ।

पहिलो चरणलाई 'एड्भेञ्चर', दोस्रोलाई 'डेयर डेभिल्स' र तेस्रोलाई  'द फन' गरी जिपलाइन खेल्दा गरिने अनुभूति अनुसार यसको नामाकरण गरिएको छ।

शनिबार अभिनेत्री वर्षा राउतले जिपलाइन उद्घाटन गरेकी हुन्। उद्घाटनमा उनले ३ चरणको जिपलाइनमा आँफुले अन्यत्र भन्दा फरक र रोचक अनुभव लिएको बताइन्। 

जिपलाइनका क्रममा जलविनायक मन्दिर, मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, नवनिर्मित सुख्खा बन्दरगाह, चोभारको गुम्बा, चन्द्रागिरी चम्पादेवी डाँडाका साथै काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । त्यस्तै टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला पनि देख्न सकिनेछ ।

  • न्युज बहार संवाददाता

थप