Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वसन्त ऋतुमा हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

  •   ३ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

चैत १३, काठमाडौँ । वसन्त ऋतुको हिमाल आरोहणका लागि पर्यटन विभागले धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ ।

विभागका अनुसार यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका अन्य हिमाल आरोहणकालागि अनुमति दिन सुरु गरिएको हो।

आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका र त्यीमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही रहेको विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जनएका छन ।

विभागका अनुसार सगरमाथा आरोहणको पनि आरोहण अनुमति पनि प्रक्रियामा रहेको र आजदेखि अनुमति दिइने छ ।

सगरमाथासहितका हिमाल आरोहणका लागि वसन्त ऋतुमा सर्वाधिक सङ्ख्यामा आरोही आउँने गर्दछन ।

  • न्युज बहार संवाददाता

थप