Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक

  •   २ वर्ष अघि | २७ मंसिर २०८१, बिहिबार

मंसिर २७, काठमाडौँ । पुस १७ अर्थात जनवरी १ तारिकदेखि लागू हुने गरि सरकारले सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ।

उक्त निर्णय जानकारी गराउँदै सगरमाथा राष्ट्रिय निकुञ्जले सबै हेलिकप्टर कम्पनीलाई पत्र पठाएको हो । 

उक्त निर्णय खुम्बु पासाङल्हामु गाउँपालिका, निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा सुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी/ गैर-सरकारी संघ/ संस्थाहरूको बैठकले गरेको हो।

निर्णयअनुसार अब उक्त क्षेत्रमा पर्यटक तथा स्थानीयको उद्दार र मालसामान ढुवानीका लागि मात्र उडान प्रयोग गरिने छ । तर व्यावसायिक रूपमा सञ्चाचालन हुने हेलिकप्टरहरुले भने उडान गर्न पाउने छैनन ।

  • न्युज बहार संवाददाता

थप