Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बन्दीपुर भ्रमण वर्ष २०२५ सुरु हुनै लाग्दा प्रचारप्रसार र प्रवर्द्धन तिव्र

  •   २ वर्ष अघि | २ पुस २०८१, मङ्लबार

पुस २, दमौली । बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन बन्दीपुर गाउँपालिकाले प्रचारप्रसार र प्रवर्द्धन सुरु गरिसकेको   छ । पालिकाले बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको हो । गाउँपालिकाका अध्यक्षका अनुसार काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग गाउँपालिकाको नेतृत्वमा भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको छ । 

पालिकाका अध्यक्षको नेतृत्वमा उपाध्यक्ष सहितको प्रतिनिधिको टोली काठमाडौँ पुगेका छन । अध्यक्ष थापाका अनुसार काठमाडौँमा विभिन्न तहका व्यक्ति, सङ्घसंस्थाका प्रतिनिधिलगायत व्यत्तिसँग अन्तरक्रिया गर्नुका साथै भ्रमण वर्षको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोगका लागि अनुरोध गरिएको छ । अध्यक्षले बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउन उक्त वर्षभरि यहाँ पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने बताएका छन  ।

  • न्युज बहार संवाददाता

थप