Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

झोलुङ्गे पुलमा पर्यटकीय गतिबिधी बढ्न थालेपछी प्रवर्द्धनमा जुट्दै गाउँपालिका।

  •   ३ वर्ष अघि | २१ जेष्ठ २०८०, आइतवार

जेठ २१, तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा खुदीखोलामाथि रहेको झोलुङ्गे पुलमा अहिले दिनहु जसो मानिसको घुईचो लाग्ने गरेको छ।

यो पुल नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुल भएको दाबी समेत गरिएको छ।

पृथ्वी राजमार्गबाट  करिब साढे दुई किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको छ। सामाजिक सञ्जाल फेसबुक देखि टिकटक सम्म पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको सङ्ख्या एक्कासी बढेको छ।

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत विसं २०७७ मा उक्त पुल निर्माण गरिएको हो।

पुलमा पर्यटकीय गतिबिधी बढ्न थालेपछी यसलाई पर्यटकीय गन्तव्यकै रुपमा विकास गर्न गाउँपालिकाले यसको कार्य थालेको छ। पुललाई पर्यटकीय स्थालको रुपमा प्रवर्द्धनमा गर्न गाउँपालिका जुटेको छ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले झोलुङ्गे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको जानकारी दिएका छन।

  • न्युज बहार संवाददाता

थप