Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटन विभागका अनुसार सगरमाथा आरोहीहरूका लागि 'इलेक्ट्रोनिक चिप' अनिवार्य

  •   ३ वर्ष अघि | २१ फाल्गुन २०८०, सोमवार

फागुन २१, काठमाडौँ । सगरमाथा आरोहीहरूका लागि 'इलेक्ट्रोनिक चिप' अनिवार्य गरिएको छ । सरकारद्वारा यस प्रकारको 'इलेक्ट्रोनिक चिप' अनिवार्य गरिएको हो ।

यही सिजनबाट सगरमाथा आरोहीहरूका लागि चिप अनिवार्य गरिएको पर्यटन विभागले जनाएको छ । 

विभागका प्रवक्ता राकेश गुरूङले आरोहणका क्रममा हुने दुर्घटना र हराएकाहरूको खोजी र उद्धारमा सहजीकरणका लागि चिप अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिएका हुन।

पर्वतारोहीका लागि यस्तो चिप सम्बन्धित एजेन्सीले उपलब्ध गराउनु पर्ने र यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर तिर्नु पर्ने गुरुङले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप