Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रमको तयारी पूरा भएको होटल संघ नेपालको भनाई

  •   ३ वर्ष अघि | १३ फाल्गुन २०८०, आइतवार

फागुन १३, काठमाडौँ । सीताराम दर्शन तथा पर्यटन प्रवर्द्धन कार्यक्रमको तयारी पूरा भएको होटल संघ नेपालले जनाएको छ।

काठमाडौँ लगायतका देशभरबाट ७० भन्दा बढी सदस्य होटलहरूले यही फागुन २० देखि २३ (मार्च ३ देखि ६)सम्म हुने कार्यक्रममा भाग लिने जनाइएको छ ।

परम्पराअनुसार जानकी मन्दिरमा पूजा अर्चना र आरती गरी प्रसाद सौगातका साथै अन्य उपहारसहित नेपालको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन कार्यका लागि अयोध्या राम मन्दिरमा चढाइनेछ।

संघका अनुसार यस कार्यक्रमबाट नेपाल र भारतबीच सदियौंदेखि रही आएको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध झनै प्रगाढ भई भारतबाट धार्मिक पर्यटकहरू नेपाल भित्र्याउन मद्दत पुग्ने छ।

स्थानीय तथा कानपुर र गोरखपुरका सय जनाभन्दा बढी प्रतिष्ठित टुर अपरेटरका साथै स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति लखनउमा हुने बिटुबी कार्यक्रममा रहने छ।

सोही अवसरमा आयोजना हुने नेपाल साँझ कार्यक्रममा नेपालगञ्ज, बर्दिया, लुम्बिनी, विराटनगर, वीरगञ्ज, पोखरा, चितवन र काठमाडौँका साथै मुलुकका सातै प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलको प्रस्तुतिकरण रहने संघले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप