Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१० जना शेर्पाको टोली एकै पटक सगरमाथा चुचुरोमा

  •   २ वर्ष अघि | २९ बैशाख २०८१, शनिबार

बैशाख २९, सल्लेरी । सगरमाथा आरोहणका निम्ति यो वसन्त याममा मार्ग बनाउँदै हिँडेका  १० जना शेर्पाको टोली सगरमाथा शिखरको चुचुरोमा पुगेका छन् । पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमका अनुसार आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको छ । 

शुक्रबार बिहान ५ बजे ‘रुट फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको कार्यालय प्रमुख गौतमले जनाएका छन । गौतमका अनुसार उनिहरुले शुक्रबार राति ८:१५ बजे शिखरमा पुग्न सफल भएका हुन ।

गौतमले यस वुषयमा जानकारी दिँदै भने ‘अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलोपटक शेर्पा टोली पुगेपछि अब अन्य आरोहीहरु पनि सोही बाटो हुँदै जानेछन।’

  • न्युज बहार संवाददाता

थप