Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१८ औं एटीआर जहाजका रुपमा बुद्ध एयरले भित्र्याएको नयाँ जाहाज

  •   २ वर्ष अघि | १५ असार २०८१, शनिबार

असार १५, काठमाडौँ । १८ औं एटीआर जहाजका रुपमा बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ।

शुक्रबार बुद्धले फ्रान्सको तुलुसबाट कल साइन 'नाइनएन एनाइनजेट' एटिआर- ७२ जहाज काठमाडौँ भित्र्याएको हो।

यो जहाज थप भएसँगै अब बुद्धको एटीआर–७२ जहाजको संख्या १५ पुगेको छ।

कम्पनीका अनुसार जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याएर साउन महिनाबाट उडान सेवामा ल्याइने छ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप जहाज थपेको बताएका छन ।

कम्पनीको योजना अनुसार थपिएको जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भरिनेछ भने हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ।

 

  • न्युज बहार संवाददाता

थप