माघ ६,
रसुवा । हाल नेपालका अधिकांश स्थानमा चिसो बढेको छ । केहि दीन देखि लागेको
हुस्सुले घाम कम लागेको अनुभब भइरहेको छ भने यो बर्षको पहिलो हिमपात पनि हिमाली
जिल्लाहरुमा शुक्रबारबाट सुरु भएको छ । यसै गरी रसुवा को गोसाँइकुण्ड तालमा र
आसपासका नदिहरु जम्न थालेका छन ।
रसुवाको धार्मिक र एतिहासिक महत्व बोकेको गोसाँईकुण्ड तालको पानी पुरै जमेको त्याहाँका स्थानियहरुले बताएका छन। साथै त्याहाँ रहेका अन्य नदिहरुमा पनि पानी जमेर नदी बग्न बन्द भएको छ । सामाजिक सञ्जालमा गोसाँईकुण्ड जमेको बेलामा कुण्ड माथी बल खेलिरहेका तस्विरहरु देख्न सकिन्छ भने त्याहाँका अन्य नदीहरु जमेर बसेको देख्न सकिन्छ ।
यसै गरी
रसुवाको गतलाङ गाऊको जङ्गलमा एक साता देखी आगलागी भएको छ । उक्त जङ्गलमा लागेको
आगो अहिले सम्स नियन्त्रणमा आउन सकेको छैन । त्याहाँका सम्बन्धित निकायहरुले पनि
उक्त आगलागीलाई गम्भिरतापुर्वक नलिएको देख्न सकिन्छ ।