बैशाख २५, काठमाडौँ। श्री एयरलाइन्सको विमानको अगाडिको ल्यान्डिङ गेयरमा समस्या देखिए पछि ग्राउन्डेड गरिएको छ ।
श्री एयरलाइन्सको ९एन–एएनई विमानमा गत शनिबार र आज सोमबार सोही समस्या दोहोरिएपछि विमान ग्राउन्डेड गरिएको नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ।
आज सोमबार बिहान भैरहवाबाट काठमाडौँको लागी उडेको श्री एयरलाइन्सको उक्त जहाजको ल्यान्डिङ गेयरमा समस्या देखिएपछी पुनः जहाजलाई भैरहवामै फर्काएर ल्यान्ड गरिएको थियो ।
ल्यान्डिङ गियरमा देखिएको समस्याले रनवेमै जहाज अड्किदा झण्डै ५० मिनेट विमानस्थल अवरुद्ध बन्ब पुगेको थियो ।
- न्युज बहार संवाददाता