जेठ १०, मनाङ। देशको हिमाली जिल्लाको नामले परिचित मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी पर्यटकले भ्रमण गरेका छन्। मनाङ भ्रमण गर्ने धेरै पर्यटक इजरायलका रहेका छन।
इजरायली पर्यटकले जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा समेत भ्रमण गरेका हुन्।
नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् । अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का तमकाशी गुरुङले जिल्लामा वर्षको पहिलो महिनामा सबैभन्दा बढी इजरायलका नागरिकले भ्रमण गरेका जानकारी दिएका छन । ५ सय ५१ इजरायली नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख गरिएको उनले बताएका छन ।
वैशाख महिनामा मात्रै ७३ राष्ट्रका एक हजार नौ सय ३० पुरुष र एक हजार तीन सय ५८ महिला तथा एक अन्य गरी कूल तीन हजार दुई सय ८९ नागरिकले मनाङको भ्रमण गरेका उनले जनाएका छन।
- न्युज बहार संवाददाता