असोज
७, म्याग्दी । सन् २०२५ को चालु शरद् याममा म्याग्दी
जिल्लामा रहेको धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन्। समुद्री
सतहदेखि ८,१६७ मिटर अग्लो
धवलागिरि विश्वको सातौं अग्लो हिमाल हो, जुन म्याग्दीको
धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ।
पर्यटन विभागका अनुसार यिनै आरोहीहरूबाट
कुल ५० लाख ७१ हजार रुपैयाँ बराबरको सलामी दस्तुर संकलन भएको छ। विभागले उल्लेख
गरेअनुसार, शरद् याममा
सगरमाथाबाहेक अन्य आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्न चाहने विदेशी
नागरिकहरूले प्रतिआरोही ९०० अमेरिकी डलर दस्तुर तिर्नुपर्ने हुन्छ। साना
हिमालहरूका लागि यो शुल्क न्यूनतम १२५ डलरदेखि अधिकतम ४०० डलरसम्म तोकिएको छ।
यस्तै, विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार, गोरखा जिल्लामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका
लागि हालसम्म ३७४ जनाले अनुमति लिएका छन्।
- न्युज बहार संवाददाता