Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

'१९औं फेवा नयाँ वर्ष महोत्सव २०८१' नेपाली नयाँ वर्षमा हुने

  •   २ वर्ष अघि | २२ चैत्र २०८०, बिहिबार

चैत २२, काठमाडौँ । '१९औं फेवा नयाँ वर्ष महोत्सव २०८१' नेपाली नयाँ वर्षमा हुने भएको छ। 

यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म महोत्सव हुन लागेको होटल संघ पोखराले जनाएको छ । पर्यटन बोर्ड र पोखरा महानगरले महोत्सवलाई प्रवर्द्धन गरेका हुन ।

संघ अनुसार फेवातालको किनारस्थित ड्यामसाइड चोकदेखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सव हुने छ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार 'पर्यटन संस्कृति र खाना' भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । 

संघ मातहतका होटलहरूले महोत्सवको अवसरमा दररेटमा २० प्रतिशतसम्म छुटको घोषणा गरेको छन ।

२१ वटा विभिन्न समिति गठन गरी महोत्सव तयारीका लागि एरिया संयोजक समेत तोकिएको छ भने आन्तरिक र विदेशी गरी करिब तीन लाख पर्यटक महोत्सव हेर्न आउने अनुमान गरिएको छ ।  

  • न्युज बहार संवाददाता

थप