Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राप्रपामा अन्य राजनीतिक दलहरूमा जस्तो गुटउपगुटको समस्या छैन : राजेन्द्र लिङ्देन

  •   १ वर्ष अघि | २० भदौ २०८२, शुक्रबार

भदौ २०, लमजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अन्य राजनीतिक दलहरूमा गुटउपगुटको समस्या देखिए पनि राप्रपामा यस्तो समस्या नरहेको बताएका छन्।

शुक्रबार लमजुङको बेँसीसहर नगरपालिका–७ मा आयोजित राप्रपा लमजुङको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले राप्रपा एकतामा आधारित भएर अघि बढिरहेको बताए।

उनका अनुसार राप्रपा जनताको हितलाई प्राथमिकतामा राखी एकता र समन्वयका साथ काम गरिरहेको छ, र पार्टी सधैं देश र जनताका लागि संघर्षरत रहँदै आएको छ।

  • न्युज बहार संवाददाता

थप