चैत ३, काठमाडौँ । ललितपुर जिल्ला
प्रशासन कार्यालयले ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
कार्यपालिका, व्यवस्थापिका
र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट
व्यक्तिहरूको निवास तथा मुख्य-मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा ललितपुर
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख
जिल्ला अधिकारी रमेश ढकालका अनुसार निषेधाज्ञा भोलि (चैत ४ गते सोमबार) बाट लागू भएर
दुई महिनासम्मका लागि रहने छ ।
ललितपुर
प्रशासनले पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र
भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
ललितपुर
प्रशासनका अनुसार निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला
भइ घेराउ,अनसन, धर्ना, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका
कार्यक्रम गर्न निषेध गरिएको छ ।
- न्युज बहार संवाददाता