Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

संसद भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीद्वारा ५ जना पक्राउ

  •   १ वर्ष अघि | २६ असार २०८२, बिहिबार

असार २६, काठमाडौँ । संसद भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ परेका छन। काठमाडौँको नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले आज ५ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार बानेश्वर स्थित टेकस्पायर कलेजका प्राध्यापक सहित ५ जनालाई पक्राउ गरिएको हो । 

पक्राउ पर्ने ५ जनामा कलेजका प्राध्यापक विजय बाबु रेग्मी, टेकस्पायर कलेजका विद्यार्थीहरू सुजल काजी श्रेष्ठ, समन महर्जन, अफ्ताव रेजा र समिप खतिवडा रहेका छन् । 

संसद् भवनमा असार २४ गते बिहान साढे ९ बजेतिर खसेको अवस्थामा ड्रोन भेटिएको थियो । 

  • न्युज बहार संवाददाता

थप