Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भोलीदेखि शैक्षिक हड्ताल सुरु गर्ने नेपाल शिक्षक महासंघको घोषणा

  •   १ वर्ष अघि | २४ चैत्र २०८१, आइतवार

चैत २४, काठमाडौँ । नेपाल शिक्षक महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

काठमाडौँकेन्द्रित आन्दोलनमा रहेको महासंघले भोली सोमबारदेखि शैक्षिक हड्ताल सुरु गर्ने घोषणा गरेको छ । काठमाडौँका सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले महासंघको कार्यक्रमअनुसार शैक्षिक हड्ताल गर्ने भएका हुन् ।

माघ २० गतेदेखि शिक्षक महासंघ आन्दोलनमा रहेको छ । चैत २० गतेदेखि भने काठमाडौँ केन्द्रित आन्दोलन भइरहेको छ।

महासंघका अनुसार गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो ।

यो आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको महासंघले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप