असार ९, काठमाडौँ । आज आइतबार प्रतिनिधिसभा
बैठक बस्दै छ । नयाँ वानेश्वर स्थित संघिय संसद् भवनमा बिहान ११ बजेका लागि बैठक
बोलाइएको छ ।
आजको बैठकमा
राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का
सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूचीमा रहेको छ
।
त्यस्तै, आज विनियोजन विधेयकमाथिको
छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची पनि रहेको छ ।
- न्युज बहार संवाददाता