मंसिर ७,
काठमाडौँ । आज काठमाडौँमा भएको दुर्गा प्रसाईं समूह र नेकपा एमालेको विरोध
प्रदर्शनबारे राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसको भिन्नाभिन्नै
टिप्पणी आएको छ ।
सत्ताको विपक्षी
रास्वपाले यो बिरोध प्रदर्शन कसैको हितमा नभएको प्रतिक्रिया दिँदा सत्तापक्ष समेत
रहेको कांग्रेसले आजको प्रदर्शनलाई आश्चर्यजनक भनेको छ ।
जनताविरुद्ध
प्रतिपक्ष पनि सडकमा आउनु आश्चर्यजनक भएको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार
विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन । उनी भन्छन्, ‘जनता सरकारसँग असन्तुष्ट हुँदा जनताको
प्रतिनिधित्व संसदीय प्रणाली भित्रैबाट विपक्षीले गर्नुपर्ने हो, तर, जनताविरुद्ध प्रतिपक्ष पनि सडकमा आउनु
आश्चर्यजनक र अचम्म लाग्दो कुरा हो ।’
यता संसदको
चौथो ठुलो दल रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले दुर्गा प्रसाईं र
एमालेले गरेको दुवै प्रदर्शन देश र जनताको हितमा नभएको बताएका छन ।
परियार भन्छन
‘मुलुकमा
अहिले आर्थिक संकटको बेला छ, सबै मिलेर २०७२ सालको संविधानमा उल्लेखित कुरालाई
जनताको जीवनमा देखिने गरी स्थापित गराउन लाग्नुपर्ने बेला यो गतिविधिले कसैलाई
फाइदा गरेको छैन र आपसी भिडन्त तथा गाली गलोजले नमजा लागिरहेको छ।’
- न्युज बहार संवाददाता