Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

व्यवसायी मिनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय निर्माणका लागि गरेको जग्गा दान बारे विश्वप्रकाश शर्माले के भने?

  •   २ वर्ष अघि | ३० असोज २०८१, बुधबार

असोज ३०, काठमाडौँ । पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । व्यवसायी मिनबहादुर गुरुङले सत्ता साझेदार दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि गरेको सहयोगको उनले विरोध गरेका हुन् । 

एक अर्ब रुपैयाँभन्दा बढी मुद्रा पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने घोषणा गरिएको विषय चर्चा र विवादमा रहेको भन्दै यसको जवाफ नेकपा एमालेले दिनुपर्ने शर्माले बताएका छन ।

व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्नेकुरा राम्रो भएको तर एक अर्बभन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको उनले उल्लेख गरेका छन । निजी क्षेत्र र राजनीतिक दल बिचको सम्बन्धको सीमानाका बारेमा सोच्नैपर्ने अवस्था देखिएको समेत शर्माले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप